logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्सेमा दोस्रो पटक सर्किट ब्रेक, ४० मिनेटको लागि बन्द


अंकुरण खबर
897
Shares

नेप्सेमा पुन: दोस्रो पटक ५ प्रतिशतले बढेर सर्किट ब्रेक लागेको  छ ।

अव शेयर कारोबार ४० मिनेटको लागि बन्द हुनेछ । पहिलो सर्किट ब्रेक लागेपछि २० मिनेट पछि खुलेको बजारमा पुन: खरीद चाप अत्याधिक भएकाले पुन: सर्किट लागेको हो ।

नेप्से सूचक १२ बजेर १७ मिनेट जाँदा ५ दशमलव शून्य ४ प्रतिशत अर्थात ५९ दशमलव ८७ अंकले बढेर १ हजार २४८ दशमलव ५७ विन्दुमा पुगेको छ । यस अवधिमा १२९  ओटा कम्पनीको रू.१८ करोड ८१ लाख बरावरको शेयर खरीदविक्री भएको छ ।