logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गुल्मीमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
949
Shares

गुल्मीमा मंगलबार थप ३७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।

प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा थप ३७ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमितहरुमा गुल्मीदरवार गाउँपालिकाका २१, रुरुक्षेत्र गाउँपालिकाका ८ र छत्रकोट गाउँपालिकाका ८ जना रहेका छन्।

संक्रमण पुष्टि भएका सबै जना भारतबाट आएर जिल्लाको विभिन्न क्वारेन्टाइनमा बसेका मानिसहरु रहेका छन्। योसहित गल्मीमा कोरोना संक्रमितको संख्या ३२४ पुगेको छ।