logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

लकडाउन पस्चात खुलेको शेयर बजारमा सकारात्मक सर्किट ब्रेक


अंकुरण खबर
962
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक खुलेको ४८ मिनेटमै सकारात्मक सर्किट बेक लागेको छ ।

नेप्सेले एक सूचना जारी गर्दे २० मिनेटको लागि सर्किट ब्रेक लगाएको जनाएको छ ।

लकडाउन पस्चात खुलेको शेयर बजार पहिलो दिन सोमबार एक घण्टामै ४ प्रतिशतले घटेर  ५२ अंकले घटेर सर्किट ब्रेक लागेको थियो भने खुलेको दोस्रो दिन मंगलबार भने ४८ मिनेटमै सकारात्मक सर्किट ब्रेक लागेको छ ।

नेप्से परिसूचक इन्डिेक्स ४७ दशमलव ५८ अंकले बढेर परिसूचक १ हजार २ सय ३६ दशमलव २८ अंकमा पुगेको छ ।

आज, क वर्गको कम्पनीहरुको मापक इन्डेक्स समेत ९ दशमलव ४३ अंकले बढेर २६५ दशमलव ७२ अंकमा पुगेको छ । अहिलेसम्म १ सय १६ कम्पनीको १३ करोड बाउन्न लाखमाथीको कारोबार भएको नेप्सेले जनाएको छ ।