logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवनमा थपिए २५ जना कोरोना संक्रमित


अंकुरण खबर
793
Shares

चितवनमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

चितवनको भरतपुरका विभिन्न अस्पतालमा भर्ना भएका छ जना बिरामीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

सरकारी अस्पतालका तीन जना, नारायणी सामुदायिकका दुई र सेन्ट्रल अस्पतालका एक जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उपचारका लागि भर्ना नभएका तर भरतपुर अस्पतालमा स्वाब संकलन गराएका थप तीन जनामा पनि संक्रमण देखिएको भरतपुर अस्पतालले जानकारी दिएको छ । पछिल्लो पटक अस्पतालमा गरिएको परीक्षणमा २५ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये १० जना नवलपरासीको गैंडाकोटका र बाँकी १५ जना चितवनका अस्पतालका बिरामी, शंका लागेर स्वाब संकलन गराएका र क्वारेन्टाइनमा रहेका व्यक्तिहरु छन् । संक्रमित हुनेमा माडीका दुई पुरुष र भरतपुरका दुई पुरुष, एक महिला र एक किशोरी छन् ।

झापा दमक र गोरखा मनकामनाका दुई महिलामा पनि संक्रमण पुष्टि भएको छ । बाँकी ६ जना भरतपुरका क्वारेन्टिनमा रहेका पुरुष छन् ।