logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

राजीनामा माग गरेपछि प्रधानमन्त्री ओली मन्त्रीहरुसँग आन्तरिक छलफलमा


अंकुरण खबर
754
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका मन्त्री तथा स्थायी समिति सदस्यहरुलाई छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार बोर्लाका छन् ।

हिजो स्थायी समिति बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजिनामा दिनुपर्ने माग गरेपछि छलफल गर्न आफूनिकट मन्त्री र सदस्यलाई बोलाएको बालुवाटार स्रोतले जनाएको छ ।

आजको स्थायी समिति बैठकमा के कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न निकटकालाई बोलाइएको बताइएको छ । अहिले मन्त्री र स्थायी सदस्यहरुबीच छलफल चलिरहेको छ ।

हिजोपनि स्थायी समिति बैठक अगाडि ओलीले राष्ट्रपति विद्या भण्डारीसँग छलफल गरेका थिए ।