logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

आज पनि नेप्सेमा लाग्यो सर्किट ब्रेक


अंकुरण खबर
1.547K
Shares

नेप्सेमा आज बुधबार पनि सर्किट ब्रेक लागेको छ ।

कारोवार खुलेको पहिलो ३५ मिनेटमा नै नेप्से पाँच प्रतिसतले बढेपछि ४० मिनेटको लागि सर्किट ब्रेक लगाईएको हो ।

यस अवधिसम्ममा नेप्से ६३ दसमलव छ अंकले बढेर १३ सय २३ दसमलव ८१ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि १२ दसमलव २१ अंकले बढेर दुई सय ८४ दसमलव १३ अंकमा पुगेको छ ।

एक सय १० वटा कम्पनीहरुको दुई हजार ३० वटा कारोवारमा छ लाख ९० हजार सात सय ५८ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम १८ करोड ६६ लाख ७९ हजार चार सय एक एक रुपैयाँ पुगेको छ ।

होटल बाहेक सबै समुहको सुचक बढेको छ ।