logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा चन्द समूहका तीनजना पक्राउ


अंकुरण खबर
975
Shares

दाङ शान्तिनगर गाउँपालिका-२ का वडाध्यक्ष फर्साराम डाँगीमाथि कुटपिटमा संलग्‍नताको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार नेत्रविक्रम चन्द समूहका तीन जनालाई गएराति  शान्तिनगर-२ बाट पक्राउ गरिएको हो।

प्रहरीले उनीहरूको नाम र  ठेगाना भने सार्वजनिक गरेको छैन।

हिजो दिउँसो २ बजेतिर आक्रमणबाट घाइते अध्यक्ष डाँगीलाई उपचारका लागि काठमाडौं ल्याइएको छ। उनको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। रासस