logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुदूरपश्चिम प्रदेशमा थपिए तीनजना कोरोना संक्रमित


अंकुरण खबर
793
Shares

सुदूरपश्चिममा आज थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

आज थपिएका संक्रमितमा दुई जना कैलाली र एक जना बैतडीका हुन्।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका– ५ का ६० वर्षीय महिला, कैलारी गाउँपालिकाका ३६ वर्षीय पुरुष र बैतडीको दोगडा केदारमा २० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

योसहित सुदूरपश्चिममा संक्रमितको संख्या दुई हजार ४८६  पुगेको छ।