logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

फेसबुकमा लाइभ गरेर एक युवतीले गरिन् आत्महत्या


अंकुरण खबर
1.313K
Shares

दाङमा एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेर आत्महत्या गरेकी छिन् ।

तुलसीपुर उपमहानगरपालिका पाँच रानीजरुवा कि २३ वर्षीया युवतीले गएराति फेसवुक लाइभ गर्दै आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

राति १ बजेर २५ मिनेटमा जानकारी आउने वितिक्कै प्रहरीले युवतीको खोजी सुरु गरेको थियो । घर पुग्दा उनको मृत्यु भैसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिए ।

ति युवती केही समयदेखि माइतीमा बस्दै आएको बताइएको छ । माइतीका बुवा आमा सबै भारतमा काम गर्न गएकाले उनी घरमा एक्लै रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।