logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टिप्परको ठक्करबाट घाइते सैनिकको मृत्यु


अंकुरण खबर
1.443K
Shares

गोरखामा बुधबार टिप्परको ठक्‍करबाट घाइते भएका एक सिपाहीको मृत्यु भएको छ।

घाइते चार सिपाहीमध्ये रणसिंह दल गण गोरखामा कार्यरत पालुङ्टार–३ का प्रेम परियारको उपचारको क्रममा मृत्यु भएको हो।

गणपति उज्वल केसीका अनुसार अर्का सिपाही बज्रबाराही नगरपालिका ललितपुरका रञ्जित राना गम्भीर घाइते छन्। उनको टाउकोमा चोट लागेको र भरतपुरस्थित पुरानो मेडिकल कलेजमा आइसियुमा उपचार भैरहेको छ।

नेपाली सेनाको बा १ झ ५८०० नम्बरको भ्यानलाई लु १ क ३८४६ नम्बरको टिप्परले ठक्‍कर दिँदा चार जना घाइते भएका थिए। दुई जना गोरखा अस्पतालमा सामान्य उपचारपछि फर्किएका छन्।

टिप्पर घुम्तीमा असावधानीपूर्वक चलाउँदा उक्त दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ।