logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

काठमाडौं उपत्यकामा थपिए ३२ कोरोना संक्रमित


अंकुरण खबर
1.56K
Shares

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा २८, भक्तपुरमा २ र ललितपुरमा २ जना गरी ३२ जना संक्रमित थपिएको जानकारी दिएका हुन ।

काठमाडौं उपत्यकासहित पछिल्लो २४ घण्टामा देशभर थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । आज थपिएका सहित कुल संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ ।