logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशमा बिहानै थपिए ३२ जना कोरोना संक्रमित


अंकुरण खबर
702
Shares

गण्डकी प्रदेशमा शुक्रबार बिहान थप ३२ जनामा कोरोना पुष्टि भएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले शुक्रबार बिहान दिएको अपडेट अनुसार प्रदेशका ४ जिल्लामा थप ३२ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

नयाँ संक्रमितहरुमा नवलपरासी पूर्वका १९ जना, तनहुँका ९ जना, पर्बतका ३ जना र बाग्लुङका एक जना रहेका छन् ।

योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १०६३ पुगेको छ ।