logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नुवाकोटका थप एक जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
2.132K
Shares

नुवाकोटका थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य कार्यालय नुवाकोटले आज बिहान विज्ञप्तिमार्फत ४२ वर्षीय एक पुरूषमा संक्रमण पुष्टि भएको जानकारी दिएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा त्रिशूली अस्पतालमा उपचाररत ती व्यक्तिको रिपोर्ट पोजिटिभ देखिएको कार्यालयले जनाएको छ।

हाल आइसोलेसनमा राखेर उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

यो सँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ। संक्रमितमध्ये आठ जनाको त्रिशूली अस्पतालमा र एक जनाको खरानिटार अस्पतालमा उपाचर भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

जिल्लामा भेटिएका संक्रमितमध्ये १५ जना उपचारपछि निको भई घर फर्किसकेका छन्।