logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सडक दुर्घटनामा एक युवकको मृत्यु


अंकुरण खबर
1.469K
Shares

विराटनगरमा सडक दुर्घटनामा परि एक युवकको मृत्यु भएको छ ।

गए राती करिब साढे ११ बजे विराटनगर महानगरको रानीमा स्कुटर अनियन्त्रित भएर दुर्घटना हुदाँ २३ वर्षीय प्रशान्त बस्नतेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार राती सडकमा गुडिरहेको लु.४६ प ६३९० नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना हुदाँ गम्भीर घाइते भएका बस्नेतको उपचारका क्रममा शुक्रबार नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

उपचारकै क्रममा महानगर १६ का बस्नेतको नोबेलमा बिहान करिब ४ बजे मृत्यु भएको हो ।