logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज एकैदिन ८२३ जना कोरोना मुक्त भई घर फर्किए


अंकुरण खबर
858
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमित ८२३ जना निको भएर घर फर्किएका जानकारी दिएको छ ।

शुक्रबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ८२३ जना कोरोनाभाइरस मुक्त भएर घर फर्किएको जानकारी दिएका हुन् ।

योसँगै कोरोनाभाइरसबाट मुक्त भइ डिस्चार्ज हुनेको संख्या ६१४३ पुगेको छ ।