logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रुपन्देहीमा मोटरसाइकल एकआपसमा ठोक्किँए, एकको मृत्यु


अंकुरण खबर
806
Shares

रुपन्देहीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

रुपन्देही तिलोत्तमा नगरपालिका–१४ टिकुलीगढस्थित भित्री सडक खण्डमा लु ५९ प ४७२३ नम्बरको मोटरसाइकल र लु ३ प ७६२६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले रुपन्देही तिलोत्तमा नगरपालिका–१४ बागधुरा बस्ने २५ वर्षीय बलिराम चौधरीको क्रिमसन अस्पताल मणिग्राम उपचारको मृत्यु भएको बताए ।

घटनामा सोही ठाउँका २१ वर्षीय बलकुमार चौधरी गम्भीर घाइते भएका छन् । उनको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । यस्तै २६ वर्षीय गोविन्द चौधरी, २२ वर्षीय सुदिप चौधरीको पनि मेडिकल कलेज भैरहवा उपचार भइरहेको छ ।

दुवै मोटरसाइकल नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।