logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुदूरपश्चिममा थपिए ४५ जना कोरोना संक्रमित


अंकुरण खबर
936
Shares

सुदूरपश्चिममा आज थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

धनगढी प्रयोगशालामा भएको परीक्षणमा ३३ पुरुष र १२ महिला गरी ४५ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि भएकाहरूमा कैलालीका १२ जना, कञ्चनपुरका २८ जना र डडेल्धुराका पाँच जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए ।

योसँगै सुदूरपश्चिममा तीन हजार ५१४ जनामा कोरोना पुष्टि भएको छ ।