नेपाल राष्ट्र बैंकले भोली (सोमबार) बाट ५० रुपैयाँका नयाँ नोट बजारमा ल्याउने भएको छ ।
केन्द्रीय बैंकले आइतबार सूचना जारी गर्दै असार २२ गते सोमबारदेखि नयाँ नोट चलन चल्तीका लागि बजारमा पठाउने जानकारी दिएको हो ।
केन्द्रीय बैंकले साविककै आकार, प्रकार तथा रङ्गमा संकेत नं ज/ ८९ ०००००१ देखि ट/ ३३ ९९९९९९ सम्मका ५० रुपैयाँका नोट बजारमा ल्याएको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
