logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दैलेखका नौ जना जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
897
Shares

दैलेखमा जनप्रतिनिधि र कर्मचारी गरि नौ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नारायण नगरपालिकाका नौ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये दुई जना जनप्रतिनिधि र सात जना कर्मचारी रहेको जिल्ला अस्पतालले जनाएको छ ।

जिल्ला असपतालका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीका अनुसार संक्रमित हुनेमा एक जना वडाध्यष र एक जना महिला जनप्रतिनिधि छन् । त्यस्तै, अन्य सात जना कर्मचारी रहेका छन् ।

कोरोना संक्रमण देखिएपछि उनीहरुलाई आइसोलेसनमा राखिएको छ । सातै जना कर्मचारी घरमै र जनप्रतिनिधिलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको उनले बताए। उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका जनप्रतिनिधि र कर्मचारीको कोरोना परीक्षण गरिएको थियो। नगरपालिकाले ४८ जनाको कोरोना परीक्षण गरेको थियो । जसमध्ये नौ जनामा संक्रमण देखिएको हो ।