logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

ओखलढुंगाका एक मात्र युवा कोरोनामुक्त भई फर्किए घर


अंकुरण खबर
676
Shares

ओखलढुंगाका एक युवा कोरोना मुक्त भएका छन् ।

गएको असार ७ गते कोरोना पुष्टि भएका २८ वर्षीय युवाले कोरोनालाई जितेर घर फर्किएका हुन् । ती युवा गएको असार ३० गते भारतबाट घर आएका थिए ।

कोरोना देखिएपछि कोरोना अस्पताल विराटनगरमा उपचार गराइरहेका उनी सोमबार डिस्चार्ज भएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताए ।

जिल्लामा ती युवा बाहेक अरुलाई कोरोना नदेखिएको जनाइएको छ ।