पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्जल क्षेत्रीय अस्पतालबाट १३ जना कोरोना संक्रमणमुक्त भएका छन्।
अस्पतालको आइसोलेसनमा उपचाररत पोखरा महानगरपालिका विभिन्न वडाका ११ जना, माछापुच्छ्रे गाउँपालिका–६ का एकजना र स्याङजाको पुतलीबजार नगरपालिका–११ का एकजना डिस्चार्ज भएका हुन्।
प्रतिष्ठानमा अब १८ जना संक्रमित उपचाररत रहेको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले बताएका छन्।