logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बिरामीमा कोरोना देखिएपछि गंगालाल अस्पतालका आकस्मिक बाहेक सबै सेवा बन्द


अंकुरण खबर
1.209K
Shares

शहिद गंगालाल राष्ट्रिय ह्रदय केन्द्रले आकस्मिक बाहेकका सबै सेवाहरु बन्द गरेको छ ।

सात जना बिरामीमा कोरोना भाइरस पुष्टि भएपछि आज बिहान गंगालाल अस्पतालले सूचना जारी गरि अर्को व्यवस्था नभएसम्मका लागि आकस्मिक बाहेकका सबै सेवा स्थगित गरिएको जनाएको छ।

अस्पतालमा भर्ना भएका बिरामीमा कोरोना पुष्टि भएपछि थप सतर्कता अपनाउनुपर्ने भएकाले हाल सेवा स्थगित गर्नु परेको केन्द्रले सूचनामा उल्लेख गरेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले शहिद गंगालाल राष्ट्रिय ह्रदय केन्द्रमा सात जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।