logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

ओली र प्रचण्डबीच छलफल सकियो, प्रधानमन्त्रीको राजीनामामा कुरा मिलेन


अंकुरण खबर
3.367K
Shares

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल विना निष्कर्ष सकिएको छ ।

पार्टीमा पछिल्लो समय विवाद चरण उत्कर्षमा पुगेको बेला सहमति खोज्न बसेको बैठक सहमतिबिनै टुङगिएको हो ।

नेकपामा आन्तरिक विवाद बढेपछि यही असार १८ गतेको पार्टीको स्थायी कमिटीको बैठकले शीर्ष तहमा अनौपचारिक छलफलका लागि असार २४ गतेसम्मका लागि बैठक सारेका थिए । निरन्तरको प्रयास पछि अध्यक्षद्धयबीचको छलफल सुधारोन्मुख भएपनि विवाद मिल्न बाँकी रहेको बताइएको छ ।

ओली–प्रचण्डबीच सोमबार भएको छलफलमा केही विषयमा सहमति जुटेको बताइए पनि प्रधानमन्त्रीको राजीनामाका विषयमा कुरा नमिलेको बताइएको छ । तर प्रधानमन्त्री ओली केही मुख्यमन्त्री हेरफेर गर्न र मन्त्रिपरिषद हेरफेर गर्न सहमत भएको स्रोतले बताएको छ ।