logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरिता गिरीलाई सांसद पदबाट हटाउन कार्यदलको सिफारिस


अंकुरण खबर
650
Shares

समाजवादी पार्टीकी सांसद सरिता गिरीबारे अध्ययन गर्न बनेको पार्टीको कार्यदलले उनलाई पदबाट हटाउन सिफारिस गरेको छ।

पार्टी महासचिव रामसाहयप्रसाद यादव नेतृत्वको कार्यदलले गिरीलाई मंगलवार सांसद पदबाट हटाउन सिफारिस गरेको हो।

संविधानको अनुसूची ३ मा रहेको निसान छाप परिवर्तनका लागि कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरिएको नक्सा संशोधनका लागि ल्याइएको संविधान संशोधन विधेयकको उनले संशोधन प्रस्ताव हालेकी थिइन् ।

पार्टी सचेतक उमाशंकर अरगरियाले संशोधन प्रस्ताव फिर्ता लिन भन्दै गिरीलाई निर्देशन दिए पनि उनले अस्विकार गरेकी थिइन्।