logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सांसद सरिता गिरिलाई सांसद र पार्टी दुवै पदबाट हटाइयो


अंकुरण खबर
962
Shares

समाजवादी पार्टीकी सांसद सरिता गिरिलाई सांसद र पार्टी दुवै पदबाट निस्कासन गरिएको छ।

समाजवादी पार्टीले पार्टीको अनुशासन नमानेको भन्दै गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो। त्यसैअनुसार पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सासहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा गिरीले पार्टी ह्वीप उल्लंघन गरेपछि समाजवादी पार्टीले पार्टी महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।

पार्टीले संशोधन फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिएपनि उनले अटेर गरेकाले यस्तो अवस्था आएको हो ।