logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशमा थपिए १३ जना कोरोना संक्रमित


अंकुरण खबर
715
Shares

गण्डकी प्रदेशमा थप १३ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार थपिएका संक्रमितमध्ये सबै कास्कीका हुन् । तीमध्ये १२ पुरुष र एक महिला छन्। यससँगै गण्डकीमा संक्रमितको संख्या एक हजार १२९ पुगेको छ।

थपिएका संक्रमितलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको विज्ञप्तिमा उल्लेख छ।

यसअघि आज बिहान गण्डकीका तीन जनालाई कोरोना संक्रमण देखिएको थियो।