logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१६ वर्षीया किशोरीलाई बलात्कार गर्ने पुरुष पक्राउ


अंकुरण खबर
1.014K
Shares

गुल्मीमा १६ वर्षीया किशोरीलाई जवर्जस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सत्यवती गाउँपालिका–५ बस्ने ५५ वर्षीय पोम नारायण ढकाल छन्।

ढकालले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जोहाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।