नेपालमा बुधवार थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा उक्त संख्याका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार,आइसोलेसनमा ८ हजार ६ सय ३४ जना कोरोना संक्रमित रहेका छन् । त्यस्तै क्वारेन्टाइनमा रहनेहरुको संख्या २ लाख ६१ हजार ८ सय ६१ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा २ सय ५३ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।