logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भोलिदेखि चार दिन यो वर्षकै धेरै पानी पर्ने अनुमान, सतर्क रहन आग्रह


अंकुरण खबर
1.222K
Shares

बिहीबार (भोली) देखि चार दिनसम्म यो वर्षकै धेरै पानी पर्ने अनुमान गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोलिदेखि चार दिन चार वटा प्रदेशमा यो वर्षकै धेरै पानी पर्ने सम्भावना रहेको छ ।

प्राधिकरणले असार २५ देखि २८ गतेसम्म प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशमा धेरै पानी पर्ने अनुमान गरिएको जनाएको छ ।

वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परेको भन्दै प्राधिकरणले ‘भारी वर्षाले बाढी, डुवान र पहिरोको जोखिम बढाइदिएको उल्लेखख गरेको छ ।

प्रधाकिरणले पहाडी क्षेत्रमा साना खोलानाला, खहरे, नदी र तालमा बाढी आउने तथा कतिपय ठाउँमा पहिरो पनि जानसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।

शुक्रबारदेखि आइतबारसम्म कन्काई, कोशी, कमला, बाग्मती, नारायणी र यसका सहायक नदीमा पानीको सतह बढ्न सक्छ । यस्तै झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवनलगायतका जिल्लाका होचा ठाउँमा डुवानको खतरा पनि छ ।