logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

सिन्धुपाल्चोक बाढी : उद्धारको लागि गएको सभामुखको हेलिकप्टर घटनास्थल नपुगी धुलिखेलबाटै फर्कियो


अंकुरण खबर
1.313K
Shares

सिन्धुपाल्चोकमा बाढीले पुर्‍याएको क्षतिको अवलोकनका लागि गएको हेलिकप्टर मौसम खराब भएपछि धुलिखेलबाटै फर्किएको छ ।

सभामुख अग्निप्रसाद सापकोटालाई लिएर उडेको हेलिकप्टर विहीबार बिहान धुलिखेलको आकाशबाटै काठमाडौं फर्किएको हो । उनी सिन्धुपाल्चोकका जनप्रतिनिधसमेत हुन् ।

खराब मौसमका कारण नेपाली सेनाको हेलिकप्टर बाह्रबीसेतर्फ जान नसकी धुलिखेलको आकाशबाटै फर्किएर त्रिभुवन विमानस्थलमा अवतरण भएको हो ।

सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानले सभामुख सहितको टोलि बाह्रविसेका लागि हेलिकोप्टरमा उडेकोमा अनुकूल मौसम नहुँदा धुलीखेलको आकाशबाट फर्कीनु पर्यो । अनुकल मौसम पर्खंदै गरेको जनाए ।

बुधबार राति भोटेकोशीमा आएको बाढीले सिन्धुपाल्चोकमा दुईजनाको मृत्यु हुनुका साथै १४ जना बेपत्ता छन् । तीनजनाको उद्धार गरिएको छ ।

बाढीले मध्य भोटेकोशी जनविद्युत आयोजनामा समेत क्षति पुर्‍याएको छ । आयोजनामा कार्यरत एकजना चिनियाँ प्राविधिक समेत बेपत्ता छन् ।