logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

चट्याङ लागेर एकको मृत्यु, दुई घाइते


अंकुरण खबर
1.378K
Shares

सर्लाहीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

रोपाइँ गर्ने क्रममा चट्याङ लागेर जिल्लाको वागमती नगरपालिका–१० नयाँबस्तीका १८ वर्षीय छोटु पासवानको आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान वागमती नगरपालिका–८ निवासी सुनमाया बस्नेतको खेतमा धान रोप्दै गरेको समयमा चट्याङ लागेर पासवान र कमलादेवी मुखिया बेहोस भएका थिए ।

चट्याङ लागेर बेहोस भएका दुवै जनालाई उपचारका लागि बरहथवातर्फ लगिँदै गर्दा पासवानको मृत्यु भएको र  मुखिया होसमा आई घर फर्किसकेको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

त्यस्तै चट्याङ लागेर जिल्लाको बलरा नगरपालिकामा एक युवक घाइते भएको छ । आज बिहान वर्षासँगै परेको चट्याङ लागेर बलरा नगरपालिका–१ का ३५ वर्षीय बरुण सहनी घाइते भएका हुन् ।

उनलाई उपचारका लागि भारतको सितामढीतर्फ लगिएको प्रहरीले जनाएको छ ।