logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशका थप २० जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
884
Shares

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सात जिल्लामा संक्रमितहरू थपिएका हुन्।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा तनहुँका १, म्याग्दीका २ र बागलुङका २ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै जनस्वास्थ्य प्रयोगशाला, हेटौंडामा नवलपरासीपूर्वका ३ र भरतपुर अस्पतालमा १ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा लम्जुङका ५ जना, गोरखाका २ जना र कास्कीका ४ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि भएका सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा राखिएको निर्देशनालयले जनाएको छ।

योसहित गण्डकीमा मात्रै कोरोना संक्रमितको संख्या एक हजार १४९ पुगेको छ। हालसम्म यस प्रदेशमा ३८६ संक्रमित संक्रमणमुक्त भएर घर फर्किसकेका छन्।