logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंमा उपत्यकामा आज पनि थपिए ५ जना कोरोना संक्रमित


अंकुरण खबर
1.001K
Shares

काठमाडौंमा उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा थप ५ जनामा कोरोना पोजिटिभ देखिएको बताए।

प्रवक्ता गौतमका अनुसार त्रिवि शिक्षण अस्पतालमा काठमाडौँका २, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १ जना र वीर अस्पतालमा १ गरी ५ जना संक्रमित भएका हुन्।