logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बुधबार स्थगित भएको कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै


अंकुरण खबर
1.3K
Shares

काठमाडौं –  नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्दैछ । बुधबार बस्ने भनिएको बैठक पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि बिहीबारका लागि सारिएको हो ।

बिहीबार दिउँसो बस्ने बैठकमा समसामयिक राजनीतिक, भ्रातृ संगठन, शुभेच्छुक संस्था र जनसम्पर्क समितिकाबारेमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

बुधबार केन्द्रीय समिति बैठक नबसे पनि केन्द्रीय पदाधिकारी बैठक बसेको थियो । सो बैठक पार्टीको दोस्रो चरणको अभियानको तयारी र सो अभियानका लागि प्रतिनिधि चयनमा केन्द्रित रहेको उनले जानकारी दिएका छन् ।