logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

अलपत्र परेका १८० यात्रु लिएर ओमानबाट उड्यो सलाम एयर


अंकुरण खबर
1.144K
Shares

ओमानमा अलपत्र परेका १ सय ८० नेपाली कामदार लिएर सलाम एयरको तेस्रो ‘उद्धार’ विमान उडेको छ ।

मस्कटस्थित नेपाली दूतावासले प्राथमिकतामा राखेका नेपाली कामदारलाई आज सलाम एयरको उडान नम्बर ओभी ४२७ स्थानीय समय अनुसार बिहान ८ः०० बजे उडेको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीले जानकारी दिए ।

जहाजमा एक शिशु ,२ नाबालक सहित १ सय ४७ पुरुष र ३३ महिला छन्। फर्केनेहरुले रोजगारदाता र कामदार आफैले टिकट काटेर फर्किएको र उनीहरुको पीसीआर परीक्षण गरी फर्काइएको छ ।

सरकारले ओमनबाट स्वदेश फर्कन चार्टर विमान नेपाल एयरलाइन्सको लागि ३ सय ६६ अमेरिकी डलर (झन्डै ४४ हजार रुपैयाँ) र हिमालयन एयरलाइन्सका लागि सरकारले झन्डै ४८ हजार रुपैयाँ भाडा दर तोकेको थियो।

तर ओमन दूतावासले सरकारले तोकेको हवाई भाडादर भन्दा झन्डै ८ हजार रुपैया कम्ति करिब ३६ हजार रुपैयाँमा सलाम एयरलाईन्समार्फत अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काएको हो।

ओमानबाट गत असार १ र ४ गते चार्टर उडान मार्फत ३ सय १३ जना स्वदेश फर्किसकेका छन्।