logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सलहको ठूलो झुण्ड भारतबाट नेपाल पस्दै


अंकुरण खबर
3.315K
Shares

सलहको ठूलो झुण्ड भारतबाट नेपालतर्फ अघि बढेको छ ।

भारतको राजस्थानबाट सलहको पाँच वटा झुण्ड नेपालतर्फ अघि बढेको सलह सूचना केन्द्रले विज्ञप्तिमार्फत जनाएको छ । केन्द्रले सलहले ठुलो क्षति पु(याउन सक्ने भएकाले सचेत रहन भनेको छ ।

उक्त सलहको झुण्डले तराई तथा भित्री मधेसका भू–भागमा क्षति पु(याउन सक्ने बताइएको छ । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रअन्तर्गतको सूचना केन्द्रका प्रमुख रामकृष्ण सुवेदीले भारतको सीतापुर तथा साहजाहाँपुर क्षेत्रतर्फ अघि बढ्ने अनुमान गरिएको सलहको झुण्ड हावाको बहावसँगै नेपाल प्रवेश गर्न सक्ने जोखिम रहेको जानकारी दिए ।

सलहको ठूलो झुण्ड नेपाल प्रवेश गर्न केही दिन लाग्ने अनुमान गरिएको छ ।