पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पताल र त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौका २८ जना भक्तपुरका १ र ललितपुरका १३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
आज देशभरिमा ११८ जना संक्रमित भएमध्ये काठमाडौँमा ४२ जना थप संक्रमित भेटिएका हुन्।