logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

कास्की पहिरोमा परि ज्यान गुमाउनेका परिवारलाई एक लाख दिइने


अंकुरण खबर
1.664K
Shares

कास्कीमा पहिरोमा परि ज्यान गुमाउनेहरुका परिवारलाई एक लाख रुपैयाँ राहत दिइने भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति कास्कीको शुक्रबार बसेको बैठकले मृतकका परिवारलाई एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो । बैठकले घाइतेहरुको निःशुल्क उपचार गरिदिने निर्णय पनि गरेको छ ।

बैठकले पीडित घरपरिवारलाई सरकारी मापदण्डअनुसार थप राहत उपलब्ध गराउने निर्णय गरेको छ ।  त्यस्तै बैठकले मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

बिहीबार रातिदेखिको अविरल वर्षाको कारण कास्कीमा अहिलेसम्म सात जनाको ज्यान गएको छ भने १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।