logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

आज कति छ सुनचाँदीको भाउ ?


अंकुरण खबर
1.339K
Shares

काठमाडौं – नेपाली बजारमा बिहीबार छापावाला सुन तोलाको ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार स्थिर रहेको सुन आज तोलामा ८ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन सुन तोलामा ७२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुन आज तोलामा  ७३ हजार एक सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदी तोलामा ८ सय ९५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।