आज थप १४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १६,९४५ पुगेको छ ।
सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १४४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
संक्रमितमध्ये हालसम्म १० हजार २ सय ९४ जना निको भएर घर फर्किएका छन् भने संक्रमणबाट अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ ।
आज मात्रै कोरोनालाई जितेर १,७०५ जना घर फर्किएका छन् ।