logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भोलिदेखि काठमाडौंमा सुन्दर यातायातका बस गुड्ने


अंकुरण खबर
1.352K
Shares

सुन्दर यातायात प्रालिले चार वटा बिजुली बस सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

सरकारी मापदण्ड अनुसार पुरानै भाडादरमा मंगलबारदेखि सवारी सञ्चालन गर्ने प्रालिले जनाएको छ ।

सरकारले ५० प्रतिशत बढी भाडा लिन पाउने बताएपनि प्रालिले पुरानै भाडादरमा सेवा दिन लागेको हो । आधामात्र यात्रु राखेर सवारी चलाउन पाइने भएपछि सरकारले ५० प्रतिशत बढी भाडा असुल्न पाइने नियम बनाएको थियो ।

प्रालिले २ वटा पुरानै रुटमा र २ नयाँ रुटमा सवारी सञ्चालन गर्न लागेको छ । सुन्दर यातायातका दुई सवारी भोलिदेखि रिङरोडमा २ र सूर्यविनायक–जमल–रत्नपार्क रुटमा २ वटा चल्नेछन् ।