जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका विभिन्न स्थानमा भारी वर्षाको संभावना रहेको जनाएको छ । विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
वर्षा र पहिरोको कारण केही स्थानमा बाढी, पहिरो तथा डुबानको सम्भावना रहेकाले आवश्यक सतर्कता अप्नाउन पनि महाशाखाले आग्रह गरेको छ ।
विभागका अनुसार अहिले मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिणतिर सरेको छ । आज प्रदेश १, प्रदेश २, बागमती प्रदेशका र गण्डकी प्रदेशका ठूला नदी र तिनका सहायक नदीहरुमा बाढी आउन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।