logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

चट्याङ लागेर मकवानपुरमा एक जनाको मृत्यु


अंकुरण खबर
2.548K
Shares

काठामाडौं – बुधबार साँझ परेको चट्याङ लागेर मकवानपुर गढीमा एक महिलाको मृत्यु भएको छ ।

चट्याङ लागेर मकवानपुरगढी गाउँपालिका–२ गढी की ३० वर्षीया सुन्तली विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

विक घरमै बसिरहेको बेलामा चटयाङ लागेको हो । चट्याङ लागेर घाइते भएपछि उपचारका लागि हेटौँडा अस्पताल लगिए पनि उपचारको क्रममा  अस्पतालमै विकको मृत्यु भएको हो ।