logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भाडा छुट दिने घरधनी सम्मानित


अंकुरण खबर
1.066K
Shares

लकडाउनका वेला भाडा छुट दिने बुटवलका घरधनीलाई मंगलबार सम्मान गरिएको छ ।

बुटवल उद्योग वाणिज्य संघ र नेपाल घरबहाल सरोकार संघले उनीहरूलाई सम्मान गरेका हुन् । स्वतस्फूर्त रूपमा भाडा छुट दिएका २९ घरधनी सम्मानित भएका छन् ।

उनीहरूमध्ये कतिपयले तीन महिनासम्मको भाडा छुट दिएका छन् । समस्यामा परेका परिवारलाई भाडा छुट दिएकामा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उनीहरूलाई धन्यवाद दिए । उनीहरूको काम अनुसरणयोग्य भएको उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले बताए ।

घरधनी र बहालमा बस्नेहरूको सुरक्षाको जिम्मेवारी सरकारको भएको सरोकार संघका अध्यक्ष शंकर कोइरालाले बताए । आजको नयाँ पत्रिकामा खबर छ ।