logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

बालुवाटारमा ओली-प्रचण्डबीच वार्ता शुरु


अंकुरण खबर
1.534K
Shares

नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा वार्ता सुरु भएको छ।

केहीबेर अघि नेकपा अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन्। ओली र प्रचण्डबीच वार्ता सुरु भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए ।

यस अघि मंगलबार पनि ओली र प्रचण्डबीच वार्ता भएको थियो। डेढ घन्टा चलेको वार्तामा कुनै सहमति हुन सकेको थिएन्।

असार १० गतेदेखि सुरु भएको नेकपा स्थायी कमिटी बैठक साउन २ गते बोलाइएको छ। त्यस अघि सहमति गर्न दुवै अध्यक्ष वार्ता गरिरहेका छन्। पटकपकट वार्ता गर्दा पनि सहमतिमा पुग्न सकेका छैनन्।

प्रचण्ड र माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यले प्रधानमन्त्री ओलीको दुवै पदबाट राजीनामा माग गरिरहेका छन्। प्रधानमन्त्री ओली भने कुनै पनि पदबाट राजीनामा नदिने अडानमा छन्।