logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दीपाश्रीलाई माफी दिन राजेश हमालको अनुरोध (भिडियो सहित)


अंकुरण खबर
1.326K
Shares

अभिनेता राजेश हमालले कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफी दिन अनुरोध गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् भिडियो सन्देश जारी गर्दै हमालले दीपालाई माफी दिन आग्रह गरेका हुन् ।

उनले कलाकारलाई उसको सिर्जनात्मक कर्ममा लाग्न सँधै सकारात्मक प्रेरणा दिन पनि अपील गरेका छन् । हमालले राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर दिपाश्रीलाई माफि दिन आग्रह गरेका छन् ।

दीपाश्री निरौलाले ‘महानायक’का विषयमा अभिव्यक्ति दिएपछि उनको चौतर्फी आलोचना भइरहेको समयमा हमालको अपिल आएको हो । दिपाश्रीलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले गालीगलौज समेत गर्दै आएका थिए ।