logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्से १४.९० अंकले बढ्यो


अंकुरण खबर
1.482K
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो दिन आज १४.९० अंकले बढेको छ ।

आज १.११ प्रतिशतले बजार बढ्दा परिसूचक १३६२.३४ अंकमा पुगेको हो । नेप्सेका अनुसार आज १ सय ८९ कम्पनीका ३२ लाख १२ हजार ९ सय २४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १६ करोड ४ लाख ९१ हजार ५ सय २२ रुपियाँ बराबरको कारोबार भएको छ ।

होटल, उत्पादनमूलक, लघुवित्त र जीवन बीमा समूह घटे पनि बैंकिङ, ट्रेडिङ, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा अन्य र म्युचुअल फण्ड समूहमा हरियाली छाएको छ ।

आज एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरुले सबैभन्दा बढी ९.९२ प्रतिशत नाफा कमाएका छन् भने मिथिला लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरुले सबैभन्दा बढी घाटा व्यहोरेका छन् ।