logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

नेपालमा थप ११६ जना कोरोना संक्रमण, संक्रमितको संख्या १७ हजार १७७ पुग्यो


अंकुरण खबर
1.56K
Shares

नेपालमा थप ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबारबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १७ हजार १७७ पुगेको छ। संक्रमितमध्ये हालसम्म ११ हजार २५ जना निको भएर घर फर्किएका छन् भने संक्रमणबाट अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ।

आज मात्रै कोरोनालाई जितेर ६९७ जना घर फर्किएका छन्।