logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुदूरपश्चिममा थप १९ जनामा कोरोना पुष्टि


अंकुरण खबर
1.209K
Shares

सुदूरपश्चिम प्रदेशमा १९ जना कोरोना संक्रमित थपिएका छन् ।

सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणका क्रममा १९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा सेती अस्पतालको प्रयोगशालामा २ सय ३६ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो ।

नयाँ थपिएका संक्रमितमध्ये ११ जना कञ्चनपुरको बेतकोट नगरपालिकाका छन् । यस्तै, कैलालीको टीकापुरका ४ तथा अछामको साँफेबगर तथा चौरपाटीका २–२ जना छन् ।