logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

आजदेखि सिभिल अस्पतालको सबै सेवाहरू पूर्ण सञ्‍चालनमा


अंकुरण खबर
4.355K
Shares

मिनभवनस्थित सिभिल अस्पतालले आफ्नो नियमित सेवाहरू आजदेखि पूर्ण रूपमा संचालनमा ल्याउने भएको छ।

कोरोना भाइरस संक्रमणको जोखिम र लकडाउनका कारण प्रभावित भएको सेवालाई आजदेखि पूर्ण रूपमा संचालनमा ल्याउने निर्णय गरिएको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालमा केही ओपिडी सेवाहरू प्रभावित थियो। कतिपय विशेषज्ञ चिकित्सकहरूसँग अनलाइनबाट परामर्श गर्ने गरी व्यवस्था मिलाएको थियो।

बन्द गरिएको ओपिडीको अनलाइन टिकट पनि आजदेखि खुल्ला गरिएको छ।